दफा २१४
विधवाले अंश लिई भिन्न हुन सक्ने

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विधवाले जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्नेछ ।
(२) विधवाले अर्को विवाह गरेमा निजले अंश वापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पति तर्फ छोरा छोरी भएमात्यस्ता छोरा छोरीले र नभएमा निज आफंैले लिन पाउनेछ ।